यौनजन्य अपराधका आरोपितको परिचय गोप्य राख्न सर्वोच्चमा रिट  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यौनजन्य अपराधका आरोपितको परिचय गोप्य राख्न सर्वोच्चमा रिट 


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । यौनजन्य अपराधका आरोपितको नाम गोप्य राख्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यौनजन्य अपराधका आरोपितको नाम गोप्य राख्नेसम्बन्धी रिट संवैधानिक इजलासमा दर्ता भएको छ । 

जबरजस्ती करणीजस्तो नैतिक पतन देखिने र भविष्यमा सफाई पाएपनि समाजमा पुनः स्थापित हुन नसक्ने प्रकृतिका मुद्दामा आरोपितको नाम गोप्य राख्न माग गर्दै अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल लगायतले सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता गराएका हुन् । उनीहरूको रिट सोझै संवैधानिक इजलासमा दर्ता गरिएको छ । 

रिट निवेदकहरूले संविधानमा रहेको गोपनीयताको हकलाई प्रमुख आधार मान्दै गोपनीयताको हकसम्बन्धी अधिकारको रक्षा गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । 

अनुसन्धानका क्रममा रहेका व्यक्तिको नाम र वतन नै प्रहरी वा अनुसन्धानकर्ताले सार्वजनिक गर्ने गरेको भन्दै भविष्यमा सफाई पाउँदा पनि सामाजिक प्रतिष्ठामा क्षति पुग्ने र समाजमा पुनः स्थापित हुने कठिन हुने भन्दै उनीहरूको नाम गोप्य राख्नुपर्ने रिट निवेदनमा उल्लेख गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस