अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरिरहेका छौँ : प्रधानमन्त्री देउवा  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरिरहेका छौँ : प्रधानमन्त्री देउवा 


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

मंगलवार काठमाडौँमा भएको नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हाल देखा परेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरिरहेको बताए ।

कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै पुनः डेंगु रोगबाट पीडित हुन पुगेको भन्दै उनले भनेका छन्, एकपछि अर्को महामारीको सामना गर्नुपर्दा हाम्रो समग्र जनजीविका सामाजिक, आर्थिक जीवन नराम्रो गरी प्रभावित भइरहेको छ ।

सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरूको विस्तार र सुदृढीकरण गरी हाल देखा परेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ ।’ सबैको समन्वयबाट कोभिड र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने उनको विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस