चुनाव परीवेक्षण गर्न कुन-कुन संस्थाले पाए अनुमति ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चुनाव परीवेक्षण गर्न कुन-कुन संस्थाले पाए अनुमति ?


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा परीवेक्षण गर्न ३६ वटा संस्थालाई अनुमति दिएको छ।

आयोगका अनुसार २ वटा अन्तर्राष्ट्रिय संस्थाले अनुमति पाएका छन्। सार्क मानव अधिकार फाउण्डेशन र एशियन नेटवर्क फर फ्रि इलेक्सनलाई निर्वाचन परीवेक्षण गर्न अनुमति दिइएको छ।

यस्तै निर्वाचन पर्यवेक्षण समिति नेपाल, मस्वसित नेपाल फोर एच, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक, राष्ट्र निर्माइ मञ्च नेपाल, नेपाल युवा परिषद्, राष्ट्रिय व्यावसायिक पहल, सङ्कल्प(शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, डेमोक्रेसीरिसोर्स सेन्टर नेपाल, वमेन एक्टलगायतले अनुमति पाएको आयोगले जनाएको छ।

न्यू भिजन नेपाल, यूथ वकालत नेपाल, सुशासन महासङ्घ नेपाल, निर्वाचन पर्यवेक्षण सञ्जाल नेपाल, अँगालो ज्येष्ठ जीवन बहुमूल्य प्रतिष्ठान, ज्येष्ठ नागरिक सेवा केन्द्र, परिवर्तनका आधार युवा जनशक्ति मञ्च नेपाल, शान्तिका लागि साझा अभियान, नेपाल मानव अधिकार सङ्गठन, नेत्र हीन युवा सङ्घ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गरिबी निवारण तथा वातावरण संरक्षण नेपाललाई पनि निर्वाचन पर्यवेक्षण अनुमति आयोगले दिएको छ।

यस्तै नेपाल र्‍यापिड एक्सन टिम, राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ, विश्व कीर्तिमानी समाज, महिला पुनर्स्थापना केन्द्रले पनि निर्वाचन पर्यवेक्षण अनुमति पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस