समानुपातिकको बन्दसूची बुझाउन नेकपा एस आयोगमा, सूचीको एक नम्बरमा तुलाधरको नाम « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

समानुपातिकको बन्दसूची बुझाउन नेकपा एस आयोगमा, सूचीको एक नम्बरमा तुलाधरको नाम


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगमा समाजवादीका नेताहरू केहिबेर अघि आयोग पुगेका हुन् ।

बन्दसूचीको पहिलो नम्बरमा जनजातीतर्फ उपमहासचिव गङ्गालाल तुलाधरको नाम रहेको छ । समाजवादीले सम्पूर्ण क्लस्टर मिलाएर बन्द सूची आयोगमा बुझाउन लागेको हो । आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै तुलाधरले पार्टीले समानुपातिकमा १५ सिट ल्याउने दाबी गरे ।

उनले सङ्घतर्फ ११० र प्रदेशतर्फ १२० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस