माइतीघरमा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माइतीघरमा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ


३ आश्विन २०७९, सोमबार


पक्राउ

काठमाडौँ । माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरू छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ ।

संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस