काँग्रेसको समानुपातिक उम्मेदवार टुङ्ग्याउन बालुवाटारमा ७ ठाउँमा छलफल « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काँग्रेसको समानुपातिक उम्मेदवार टुङ्ग्याउन बालुवाटारमा ७ ठाउँमा छलफल


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची टुङ्गो लगाउन नेपाली काँग्रेसका नेताहरू छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म नामहरूमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फका उम्मेदवार सोमबार नै बुझाउनुपर्ने भएकाले नेताहरू छलफलमा जुटेका हुन् ।

प्रदेशका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरू सम्मिलित बैठक छुट्टाछुट्टै बसिरहेको छ । प्रदेशसभाको समानुपातिक सूचीमा सहमति जुटेपछि प्रतिनिधिसभाको बन्दसूची टुङ्गो लगाउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने एक नेताले जानकारी दिए । कार्यसम्पादन समितिले नाम टुङ्गो लगाएपछि निर्वाचन आयोगमा बुझाइने ती नेताले बताए ।

शीर्ष तहका नेताहरूको बैठक चार दिनदेखि बसिरहेपनि नाममा सहमति जुट्न सकेको छैन । दलहरूले समानुपातिक तर्फको नाम समावेशीताका आधारमा बुझाउनुपर्दछ । बन्द सूचीमा महिलाको संख्या ५० प्रतिशत अनिवार्य गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस