संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य : मुख्यमन्त्री शाही « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य : मुख्यमन्त्री शाही


३ आश्विन २०७९, सोमबार


कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संविधानले केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गरेको बताएका छन् ।

संविधान दिवस २०७९ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले संविधानले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा जोड दिएको बताएका छन् ।

मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले समाजमा भएका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ, सार्वभौमसत्ता नेपाली जनतामा नीहित छ जनता राज्य शक्तिको स्रोत भएका छन् ।’

सङ्घीय सरकारले आवश्यक कानुन नबनाउँदा संविधानले दिएका कतिपय अधिकार प्रदेश तथा स्थानीय तहले प्रयोग गर्न नपाएको भन्दै उनले तीन तहका सरकारलाई शक्ति र स्रोत बाँडफाँट गरी सङ्घीय प्रणालीलाई संस्थागत गर्न आवश्यक भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस