कर्मचारीसहितको सहभागितामा यसरी मनाइयो संविधान दिवस ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीसहितको सहभागितामा यसरी मनाइयो संविधान दिवस !


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । आज संविधान दिवस । २०७२ असोज ३ गते संविधान जारी भएको दिनको अवसर पारी सोमवार देशभर विभिन्न कार्यक्रम गरी ८ औँ संविधान दिवस मनाइएको छ । 

सोही अवसरमा बैतडीमा पनि यो दिवस भव्यताका साथ मनाइएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ मा कर्मचारीहरूको सक्रिय सहभागितासहित खोड्पे बजार तथा आसपासका क्षेत्रमा सरसफाई गरिएको हो । 

सरकारी तथा गैर सरकारी सङ्घसंस्थाका कर्मचारी, बजार व्यवस्थापन समितिका पदाधिकारी, सरसफाई उपभोक्ता समिति, सुरक्षाकर्मी र व्यवसायी लगायतको सहभागितामा बजार सरसफाई गरिएको वडाध्यक्ष हरिस विष्टले बताए । 

नगरपालिकाको यही असोज १ गतेको निर्णय तथा वडा कार्यालयको सक्रियतामा कार्यक्रम गरी दिवस मनाइएको वडाध्यक्ष विष्टले बताए । जनताले विश्वास गरी दिएको मतको सम्मान/कदर हुने गरी काम गर्न आफू प्रतिबद्ध रहेको पनि उनको दाबी छ ।     

Tags :
प्रतिक्रिया दिनुहोस