मड्रिड डर्बीमा रियल हाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मड्रिड डर्बीमा रियल हाबी


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । एट्लेटिको मड्रिडलाई उसैको घरेलु मैदानमा पराजित गर्दै रियल मड्रिडले यो सिजन स्पेनिस ला लिगामा आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ ।

खेलको १८ औँ मिनेटमा औरेरियन टुचोमेनीको पासमा गोल गर्दै रोड्रिगोले रियललाई अग्रता दिलाएका थिए । भिनिसिय जुनियरको प्रहार पोस्टमा लागेर फर्केपछि ३६ औँ मिनेटमा फेडेरिको भालभर्डेले त्यसलाई जाली चुमाउँदै रियलको अग्रता दोब्बर बनाए ।

खेलको अन्त्यतिर मारियो हर्मोसोले गोल फर्काउँदै एट्लेटिकोलाई केही आशा दिलाए पनि सो गोल सान्त्वनामा मात्र बन्न पुग्यो । इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाउँदै उनी मैदान छाड्न बाध्य बनेका थिए ।

६ खेलपछि १८ अंक बटुल्दै रियल लिगको शीर्ष स्थानमा रहेको छ । एट्लेटिको भने १० अंकसहित लिगको सातौँ स्थानमा सीमित बनेको छ ।

प्रतिक्रिया दिनुहोस