विज्ञापन बोर्डको सदस्यमा अधिकारी नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विज्ञापन बोर्डको सदस्यमा अधिकारी नियुक्त


२ आश्विन २०७९, आइतबार


काठमाडौँ। विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त भएका छन् । सरकारको मन्त्रिस्तरीय निर्णयबाट अधिकारीलाई बोर्डको सदस्य नियुक्त गरिएको हो ।

अधिकारीलाई बोर्डको सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले जारी गरेको सूचनामा उल्लेख छ ।

भदौ ३१ गतेको मन्त्रिस्तरीय निर्णयले चार वर्षका लागि विज्ञापन ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम अधिकारीलाई सदस्यमा नियुक्त गरेको हो ।

अधिकारी नेपाल विज्ञापन सङ्घ प्रदेश १ का अध्यक्ष हुन् । उनी नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष समेत छन् । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस