पर्यटन बोर्डमा हचुवाको भरमा बजेट नल्याउन कर्मचारीको ज्ञापनपत्र « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पर्यटन बोर्डमा हचुवाको भरमा बजेट नल्याउन कर्मचारीको ज्ञापनपत्र


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । विगत एक महिनादेखि बजेट बनाउने क्रममा रहेको नेपाल पर्यटन बोर्डको सञ्चालक समितिलाई त्यहाँ कार्यरत कर्मचारीले हचुवाको भरमा चुनावी बजेट नल्याउन हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् ।

बोर्डका एक प्रबन्धकका अनुसार सञ्चालक समितिले गठन गरेको बजेट उपसमितिले पर्यटकको संख्या ७ लाख पुग्ने अनुमानका आधारमा चालु वर्षमा १ अर्ब २० करोड रुपैयाँ आय-व्यय प्रक्षेपणसहितको बजेट नल्याउन आइतबार बिहान बैठक बसिरहँदा बोर्डका कर्मचारीहरूले हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका हुन् ।

कर्मचारीले सञ्चालक समितिलाई चालु वर्षको बजेटले कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेकाले त्यसकै आधारमा बोर्डका कर्मचारीहरूको पनि तलब समायोजन गर्न माग गरेका छन् ।

चुनावको आचारसंहिता लागू हुने भएकाले पर्यटन बोर्डले शुक्रबार बजेट पारित गर्न बैठक बोलाएको थियो ।

यसैबिच बजेट मस्यौदा सञ्चालक समितिको बैठकमा पेस हुनुअघि नै बाहिरिएको जनाउँदै बोर्ड सदस्यहरूले आपत्ति जनाएपछि अहिले बोर्डमा बजेट पारित गर्न बैठक बसिरहेको छ ।

बोर्डले चालु वर्ष नेपालमा ७ लाख पर्यटक आउने प्रक्षेपण गर्दै तीबाट प्रतिपर्यटक १ हजार रुपैयाँका दरले पर्यटन सेवा शुल्क ७३ करोड सङ्कलन हुने प्रक्षेपण गरेको छ । त्यस्तै ती पर्यटक पदयात्रा जाँदा थप ९ करोड ५८ लाख उठाउने मस्यौदामा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र :

Tags :
प्रतिक्रिया दिनुहोस