२२ घण्टापछि भीरमा अड्किएका शिक्षकको उद्धार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२२ घण्टापछि भीरमा अड्किएका शिक्षकको उद्धार


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको हो ।

शिक्षक सिवाकोटी ढुङ्गामा अड्किएको अवस्थामा फेला परेका थिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीरबाट सिवाकोटीको आवाज आएपछि उद्धारको पहल थालिएको थियो ।

सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए ।

सम्बन्धित समाचार : खोलामा नुहाउने क्रममा चिप्लिएर खोँचमा अड्किएका व्यक्तीको सेनाको हेलिकोप्टरद्वारा उद्धार

Tags :
प्रतिक्रिया दिनुहोस