खोलामा नुहाउने क्रममा चिप्लिएर खोँचमा अड्किएका व्यक्तीको सेनाको हेलिकोप्टरद्वारा उद्धार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खोलामा नुहाउने क्रममा चिप्लिएर खोँचमा अड्किएका व्यक्तीको सेनाको हेलिकोप्टरद्वारा उद्धार


२ आश्विन २०७९, आइतबार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा रहेको नाकुटे हेलम्बु खोलामा नुहाउने क्रममा चिप्लिएर खोँचमा अड्किएका शिक्षक केशव सिवाकोटीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको छ । सिवाकोटी हिजो नुहाउने क्रममा चिप्लिएर १ सय पचास मिटर तल खोँचमा अड्किएका थिए ।

आज बिहानै खोजतलासको क्रममा उनी जिवितै रहेको एकिन भएपछि सेनाको हेलिकोप्टर मगाएर उद्धार गर्ने प्रयास भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर यादवले जानकारी दिए ।

स्थानीयले हिजो साँझदेखि खोजतलास गरिरहेको भए पनि आज बिहान मात्र उनलाई नाकुटेको खोँचमा हात हल्लाइरहेको अवस्थामा देखेका थिए । मानिस उक्त स्थानमा गएर उद्धार गर्न असम्भव भएपछि सेनाको हेलिकोप्टर मगाइएको प्रहरी उपरीक्षक यादवले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस