जबराको सम्पत्तिको विषयमा अनुसन्धान गर्न अख्तियारले गर्‍यो सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जबराको सम्पत्तिको विषयमा अनुसन्धान गर्न अख्तियारले गर्‍यो सिफारिस


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सम्पत्तिको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिफारिस गरेको छ । तर, समितिबाट सिफारिसको पत्र भने प्राप्त भई नसकेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बताएको छ ।

प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘महाअभियोग सिफारिस समितिबाट पत्र आएको छैन । पत्र आएपछि आफ्नो प्रक्रिया अनुसार अगाडि बढ्ने हो । पत्र कस्तो आउँछ त्यस अनुसार हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस