अछाम पहिरो : मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अछाम पहिरो : मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ भने एघार जना बेपत्ता भएका छन् ।

कमलबजार नगरपालिका-८ मा ५ जना, कमलबजार वडानम्बर-६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा २ जना र ढकारी गाउँपालिका-६ मा १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रशासनका अनुसार पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाको उद्धार गरिएको छ ।

बेपता हुनेमा तुर्माखाँदका ७ जना, ढकारीका एक जना, कमलबजारका ३ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस