अछाममा पहिरोले पुरिएर ६ जनाको मृत्यु, ३ जना बेपत्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अछाममा पहिरोले पुरिएर ६ जनाको मृत्यु, ३ जना बेपत्ता


१ आश्विन २०७९, शनिबार


धनगढी । अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।

ढकारी गाउँपालिका-६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए ।

उनका अनुसार तीन जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस