जरिबाना तिर्न तयार छु, तर भ्रष्टाचारीको भुँडीमा नपरोस् : हर्क साम्पाङ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जरिबाना तिर्न तयार छु, तर भ्रष्टाचारीको भुँडीमा नपरोस् : हर्क साम्पाङ


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोगलाई जरिवाना तिर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै नामसहित जरिबाना रकम तोकेपछि राईले सामाजिक सञ्जालमार्फत् जवाफ दिएका हुन्।

साम्पाङलाई आयोगले पाँच लाख ५० हजार जरिबाना तोकेको छ। राईले पाँच लाख ५० हजार जरिवाना तिर्न रहेको तर आफूले तिरेको जरिबाना भ्रष्टाचारीको भुँडीमा नपरोस् भनेका छन्।

उनले लेखेका छन्, ‘५ लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिबाना रकम भ्रष्टाचारीको भुँडीमा नपसोस्’, ‘नत्र त्यो भुँडी फुटाउने गैंती चलाउन नि आम्चा हाम्लाई!’

निर्वाचन आयोग ऐनमा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस