सुदूरपश्चिम प्रदेशमा २ राज्यमन्त्री नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिम प्रदेशमा २ राज्यमन्त्री नियुक्त


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने दिन नजिकिँदै गए पनि त्यसलाई बेवास्ता गरेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले आर्थिक मामिला राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका बलबहादुर सोढारी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुशीला बुढाथोकीलाई नियुक्त गरेका सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला रणबहादुर रावलले जानकारी दिए ।

उनीहरू दुवै जनाले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् ।

यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्बर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोढारीलाई पठाएको हो ।

यस्तै नेकपा एमालेमा प्रवेश गरेपछि बर्खास्तमा परेका कुलवीर चौधरीको ठाउँमा समाजवादीले बुढाथोकीलाई राज्यमन्त्री बनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस