काँग्रेसले समानुपातिक उम्मेदवारको सूची भोलि फाइनल गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले समानुपातिक उम्मेदवारको सूची भोलि फाइनल गर्ने


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । काँग्रेसका सहमहामन्त्रीहरूले देशभरबाट समानुपातिक उम्मेदवारका लागि आएका नामहरूलाई ‘क्लस्टरिङ’ गरेर पेस गरेका छन् ।

शुक्रबार बसेको पार्टीको संसदीय समितिको बैठकमा ‘क्लस्टरिङ’ गरेर नामहरूको सूची पेस गरिएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

समितिको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्नेछ । भोलिको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गरी समानुपातिकतर्फ ३३० जनाको नामको टुङ्गो लगाउनेछ ।

निर्वाचन आयोगले दिएको समयसीमा अनुसार असोज ३ गतेभित्र समानुपातिकको बन्द सूची बुझाइसक्नुपर्ने हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस