भोलि राति १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भोलि राति १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । सरकारले भोलि असोज १ गते राति १२ बजेबाट संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।  शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो । 

‘भोलि राती १२ बजेपछि संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ’, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

यसअघि राजनीतिक दलहरुबीच संसद्को कार्यकालबारे विवाद हुँदै आएको थियो । सत्तापक्षले अर्को निर्वाचन भएर निर्वाचित संसद्को पहिलो बैठक नबस्दा सम्म यही संसद्को कार्यकाल रहने पक्षमा वकालत गर्दै आएको थियो भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अघिल्लो दिन नै कार्यकाल सकिनुपर्ने बताउँदै आएको थियो । यसबारे सरकारले कानुन संशोधन गर्न संसदमा विधेयक लगेपछि प्रतिपक्ष दल र नागरिकस्तरबाट समेत विरोध भएपछि सरकार यही असोज १ गते संसद्को कार्यकाल तोक्न बाध्य भएको थियो । 

यसैबीच प्रतिनिधिसभाको अन्तिम बैठक भोलि शनिबार बस्दैछ । शनिबार अन्तिम बैठक बसेर सांसदहरुलाई भोजसहित बिदाइ गर्ने संसद सचिवालयको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस