नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ।

शुक्रबार महानगरपालिकाले नयाँ बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। यसअघि १५ दिन अगाडि यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको थियो।

महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो।

काठमाडौँ महानगरले पछिल्लो समय अनधिकृत संरचनामा हटाउने अभियानलाई तिब्र पारेको छ।

आफूहरूले समय दिएर हटाउन निर्देशन दिँदा पनि संरचना हटाउन नमानेपछि बाध्य भएर हटाउनु परेको महानगरले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस