न्यायपरिषदको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्यायपरिषदको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘न्यायपरिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो प्रतिवेदन पेस गरेकी हुन् ।

यस्तै प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित विभिन्न तीन वटा विधेयक टेबल गरे। ती विधेयकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक आजै ३० मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस