कांग्रेस नेता विजयराज घिमिरेको निधन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कांग्रेस नेता विजयराज घिमिरेको निधन


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको निधन भएको छ ।

बिहीबार राति ८:१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

स्वर्गीय घिमिरे २०५६/ २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार रहेका थिए । वि.सं. २०२५ सालमा जन्मिएका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको आजै अपरान्ह १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस