काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन महाभियोग सिफारिस समिति पुगेका छन्। शुक्रबार बिहान ९ बजे जबरा समिति पुगेका हुन्। अब केही बेरमा उनको बयान सुरु हुने छ।
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।
हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दावी गरेका छन्। उनले आफ्नै सहकर्मी न्यायाधीशहरुलाई पनि विभिन्न आरोप लगाएका छन्।
न्यायालयको सुदृढीकरणका लागि काम गर्दागर्दै आफू विवादमा मुछिनुपरेको उनको भनाइ छ। आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनले दाबी गर्दै आएका छन्।







