प्रतिनिधिसभा बैठक बस्दै(कार्यसूचीसहित) « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रतिनिधिसभा बैठक बस्दै(कार्यसूचीसहित)


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७७/०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको बैठक पनि आजै बस्नेछ । दिउसो एक बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
हेर्नुस् कार्यसूची :

Tags :
प्रतिक्रिया दिनुहोस