२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी हारेपछि स्विडेनकी प्रधानमन्त्रीले दिइन् राजीनामा

अ+ अ-

काठमाडौँ । आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनकी प्रधानमन्त्री राजीनामा दिएकी छन् । प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले राजीनामा दिएकी बीबीसीले लेखेको छ ।

सोसियल डेमोक्र्याटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्विडेनको संसद्मा राष्ट्रवादी एवं अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुटले झिनो बहुमत पाएपछि राजीनामा दिएकी हुन् ।

एन्डरसनले स्विडेनको ३४९ सदस्यीय संसद् रिक्सडागका सभामुख एन्ड्रियास नोर्लेनसमक्ष औपचारिक रूपमा आज राजीनामा दिएकी हुन् । 

सभामुखमार्फत उनको राजीनामा स्वीकृत भएको छ । उनले नयाँ सरकार गठन नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछिन् । 

सभामुख नोर्लेनले आगामी साता पार्टीका नेताहरूसँग वार्ता सुरु गर्ने जानकारी दिएका छन् । उनले दक्षिणपन्थी नेता उल्फा क्रिस्टर्सनलाई गठबन्धन सरकार गठनको प्रयास गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ । 

आइतबारको आम निर्वाचनमा दक्षिणपन्थी समूहले १७६ र बामपन्थी गुटले १७३ स्थानमा जित हासिल गरेका थिए ।