सरकारको खातामा ३ खर्ब मौज्दात « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारको खातामा ३ खर्ब मौज्दात


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) सकिँदासम्म सरकारको खातामा ३ खर्ब रुपैयाँ मौज्दात रहेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार अहिले सरकारका खातामा २ खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यो रकम प्रदेश र स्थानीय तहका सरकारको खातामा रहेको रकम समेत जोड्दा आएको हो । २०७९ असार मसान्तसम्म सरकारका खातामा २ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ मौज्दात थियो ।

सरकारले पहिलो महिना पुँजीगत खर्च मात्र १ अर्ब ४८ करोड गर्न सकेको छ । चालु खर्च ५ अर्ब ६६ करोड हुँदा वित्तीय व्यवस्थामा १५ अर्ब १२ करोड रुपैयाँ खर्च गर्न सकेको छ । यसले सरकारको कुल खर्च २२ अर्ब २६ करोड रुपैयाँ मात्र भएको देखिएको छ । यस आवमा सरकारले राजस्व परिचालनबाट ७९ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस