काँग्रेसमा समानुपातिकतर्फ आएको नाम सूचीकृत गर्ने जिम्मा ८ सहमहामन्त्रीलाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसमा समानुपातिकतर्फ आएको नाम सूचीकृत गर्ने जिम्मा ८ सहमहामन्त्रीलाई


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिक उम्मेदवारका आएका नामहरूलाई सूचीकृत गर्ने जिम्मेवारी ८ जना सहमहामन्त्रीलाई दिएको छ । 

बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा सहमहामन्त्रीहरूलाई दिएको हो । 

सहमहामन्त्री किशोरसिंह राठोरकाअनुसार उनीहरूलाई शुक्रबारको बैठकमा प्रतिवेदन पेस गर्न भनिएको छ ।

अर्को बैठक शुक्रबार दिउँसो १ बजे बालुवाटारमै बोलाइएको छ ।

राठोरका अनुसार देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस