२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा प्रदर्शनी कक्ष निर्माण, पर्यटनमन्त्री श्रेष्ठद्वारा उद्घाटन

अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालयको नवनिर्मित प्रदर्शनी कक्षको उद्घाटन गरेका छन् ।

राष्ट्रिय सङ्ग्रहालयको दक्षिणपट्टि रहेको पुलघरमा पुनः निर्मित भवनमा स्थापना गरिएको प्रदर्शनी कक्ष उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले मुलुकको इतिहासलाई क्रमबद्ध रूपमा झल्काउने प्रमुख स्रोत ‘मुद्रा सङ्ग्रहालय’ पर्यटनका लागि समेत आकर्षणको केन्द्र रहेको बताए ।

देशको इतिहास, संस्कृति तथा सभ्यतालाई प्रमाणित गर्न मुद्राले महत्त्वपूर्ण भूमिका खेल्ने चर्चा गर्दै उनले नेपालको इतिहास दर्साउने मुद्राहरूको सङ्कलन गरी सङ्ग्रहालयको रूपमा विकास गरिनु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्त्वका अध्येता र शोधकर्ताका लागि समेत सङ्ग्रहालय महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने मन्त्री श्रेष्ठको भनाइ छ । मुलुकको इतिहास सङ्ग्रहालयमा देखिने भएकोले यसलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले सङ्ग्रहालयका लागि निश्चित मापदण्ड बनाउने सरकारको तयारी रहेको बताए ।

सङ्ग्रहालयमा सङ्कलित मुद्राहरूलाई नेपालको ऐतिहासिक कालखण्ड अनुसार प्रदर्शन गरिएको छ । नेपालको अत्यन्त दुर्लभ मानिने ईसापूर्व पाँचौँ शताब्दीदेखि ईसाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्काहरू सङ्ग्रहालयमा राखिएको छ ।

सङ्ग्रहालयमा भारतमा बेलायतको औपनिवेशकालका चाँदीका मोहरहरूको माला तथा औँठीहरू पनि प्रदर्शनमा राखिएको छ । छाला तथा माटोका मुद्राहरू सङ्ग्रहालयको आकर्षणको रूपमा रहेको छ । सङ्ग्रहालयमा राखिएका मुद्राहरू सुन, चाँदी, तामा, पित्तल, निकल, आल्मुनियम आदी धातुबाट बनेका छन् । सङ्ग्रहालयमा रहेको फुकादाम विश्वकै सबैभन्दा सानो मुद्राको रूपमा गिजिन बुक अफ वल्ड रेकर्डमा समेत सूचीकृत भएको राष्ट्रिय ‘मुद्रा सङ्ग्रहालय’ प्रमुख प्रतिमा रञ्जितले बताइन् । कार्यक्रममा राष्ट्रिय मुद्रा सङ्ग्रहालयले प्रकाशन गरेको नेपालको मुद्रा इतिहास सम्बन्धी पुस्तक मन्त्री श्रेष्ठले विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस