चोलेन्द्रले नाम लिएकाहरूसँग आज सोधपुछ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चोलेन्द्रले नाम लिएकाहरूसँग आज सोधपुछ


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरूसँग बिहीबार सोधपुछ गर्दैछ।

आफूविरुद्ध लागेको महाअभियोगको बयान दिने क्रममा जबराले न्याय तथा राजनीति क्षेत्रका विभिन्न व्यक्तिहरुको नाम लिएका थिए । जबराले लिएको नामअनुसार समितिले पूर्व न्यायाधीशहरु, सर्वोच्च अदालतका चार बहालवाला न्यायाधीश तथा केही कानून व्यवसायीलाई छलफलका लागि बोलाएको छ।

सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरुले भने समितिमा छलफलका लागि उपस्थित नहुने जानकारी गराएका छन्। हिजो बसेको सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले बहालवाला न्यायाधीशसँग सोधपुछ गर्ने काम शक्ति पृथकीकरणको सिद्धान्त र संविधानको मर्म प्रतिकुल हुने निष्कर्ष निकालेको थियो।

जबराले नाम लिएका व्यक्तिहरुसँगको छलफलका लागि महाभियोग सिफारिस समितिको बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।

जबराले नाम लिएका व्यक्तिहरूसँगको छलफलपछि समितिले पुनः जबरासँग थप प्रश्न गर्ने तयारी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस