२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्याय र सुरक्षा माग गर्दै गायिकाले दिइन् उजुरी

अ+ अ-

काठमाडौँ । साङ्गीतिक प्रस्तुतिका लागि जापान पुगेकी एक गायिकाले आफूमाथि भौतिक आक्रमण गरेको भन्दै धन थापा नामका व्यक्तिविरुद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी दिएकी छन् ।

गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा साङ्गीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापाविरुद्ध गायिका अमृता श्रीपालले उजुरी दिएकी हुन् ।

आफू जापान प्रवेश गरेपछि हरेक कार्यक्रममा गाउँदा पाएको पारिश्रमिक थापालाई कमिसन दिनुपर्ने, तर आउन जान यातायात खर्च समेत नदिने गरेको उनले निवेदनमा उल्लेख गरेकी छन् । कार्यक्रमका सहकर्मीसँग अनैतिक सम्बन्ध राखेको जस्ता आरोप समेत थापाले लगाउने गरेको भन्दै उनले उल्लेख गरेकी छन्, ‘मेरो अझै दुई महिनाको भिसा बाँकी रहेको र आफू कलाकार रहेको हुँदा केही समय जापानमा बस्ने र तय भएका साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने माहौल सिर्जना गरिदिनुहुन प्रतिष्ठान, जापान शाखा समक्ष हार्दिक अनुरोध गर्दछु । निज थापाले मलाई जापानमा र मेरो नेपाल (म्याग्दी)मा रहेको परिवारलाई समेत मार्ने धम्की दिने गरेको हुँदा मलाई मानसिक पीडा, सामाजिक बेइज्जत, साङ्गीतिक करिअरमा असर पर्नुका साथै चरित्र हत्याको पीडाले अति धेरै पीडित बनेकी छु । उसको स्वार्थ पूरा नहुँदा सेप्टेम्बर ११ मा पनि भौतिक रूपमा ममाथि आक्रमण गरेपछि मैले आफ्नो ज्यान जोगाउँदै ओसाकाको एक घरमा शरण लिई लुकीछिपी बसिरहेको छु ।’

उनले आफूलाई उचित न्याय र सुरक्षाको प्रत्याभूति हुने वातावरण मिलाइदिन शाखालाई आग्रह गरेकी छन् ।