बालाजु क्षेत्रमा पनि चल्यो महानगरको डोजर « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बालाजु क्षेत्रमा पनि चल्यो महानगरको डोजर


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजु क्षेत्रमा डोजर चलाएको छ । सरकारी जग्गामा बनाइएका अवैध संरचनामा महानगरले डोजर चलाएको हो ।

महानगरको अल्टिमेटम अटेर गर्ने व्यापारीहरूले बनाएका अवैध संरचनामा डोजर चलाइएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
उनकाअनुसार अवैध टहरा, आगन, पाली, बार्दली भत्काइएको हो । महानगरले यसअघि आजै सोह्रखुट्टे क्षेत्रमा पनि डोजर चलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस