काठमाडौँ महानगरको ट्राफिक प्रहरी सल्लाहकारमा श्रेष्ठ नियुक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँ महानगरको ट्राफिक प्रहरी सल्लाहकारमा श्रेष्ठ नियुक्त


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व प्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुख स्तरीय निर्णयबाट श्रेष्ठलाई नियुक्त गरेको हो ।

श्रेष्ठले नेपाल प्रहरी सेवामा हुँदा सेवा र अनुसन्धानका क्षेत्रमा तालिम तथा अनुभव हाँसिल गरेका छन् ।

उनले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानव अधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गरेका छन् ।

सन् २००१ मा संयुक्त राष्ट्र संघीय मिसन कोसोभोमा उनले भाग लिइसके छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस