प्रतिनिधिसभा बैठक २ घण्टाको लागि सारियो « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

प्रतिनिधिसभा बैठक २ घण्टाको लागि सारियो


२९ भाद्र २०७९, बुधबार


विकास र समृद्धि

काठमाडौँ । प्रतिनिधि सभाको बैठक पूर्व निर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ ।

नेताहरुका अनुसार प्रतिनिधिसभाको कानुन न्याय मानव अधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदन आज प्रतिनिधि सभामा पेश गर्ने वातावरण बनाउन प्रतिनिधि सभाको बैठक सारिएको हो ।

आज बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजेसम्मलाई सारिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदनलाई संसद बैठकमा पेश गर्ने प्रक्रियाका लागि कानुन समितिको बैठक सिंहदरवारमा बस्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस