२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुकार बमले रवि लामिछानेको घण्टी चुनाव चिह्न लिने

अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नबाट चुनाव लड्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको प्रारम्भिक निर्वाचनमा निर्वाचित भए पार्टी सदस्यता बिना नै चुनाव चिह्न घण्टी दिने सहमति भएको उनले बताएका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक निर्वाचनबाट निर्वाचित भए पार्टीमा स्वतन्त्र रहने गरी (पार्टी सदस्यता बिना पनि) आफ्नो चुनाव चिन्ह घण्टी निर्वाचन प्रयोजनका लागि मलाई पनि दिने भएको छ,’ उनले भनेका छन्, ‘यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आभार प्रकट गर्दछु । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ १ लागि प्रस्तावित उम्मेदवारका रूपमा निशर्त पार्टीको प्रारम्भीक निर्वाचनमा सरिक हुने जानकारी गराउँदछु ।’

विवेकशील साझा पार्टीमा सक्रिय रहेका उनले पछिल्लो समय स्वतन्त्र रहेर विवेकशील अभियान चलाइरहेको बताउँदै आएका थिए ।

बमले विवेकशील अभियानलाई अझै बृहत बनाउन आफूले घण्टी चुनाव चिह्न लिन लागेको बताएका छन् । उनले एक्लो व्यक्ति स्वतन्त्रपुरमा निर्वाचित भएर संसदमा पुगेर चाहेको परिवर्तन सम्भव नरहेकाले पनि यो निर्णय गर्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस