महाअभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महाअभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान सुरु


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार पनि बयानका लागि महाअभियोग सिफारिस समितिमा उपस्थित भएका छन् ।

समितिका अनुसार उनको बयान मंगलबार सकिन्छ । समितिले चोलेन्द्रविरुद्ध तयार पारेका प्रश्नमध्ये अब ८ वटा सोध्न बाँकी भएको बताएको छ ।

हालसम्म उनले सिफारिस समितिले तयार गरेको ३५ प्रश्नको जवाफ दिएका छन् । प्रधानन्यायाधीश जबराले आठवटा प्रश्नको जवाफ दिएपछि प्रतिप्रश्न पनि सोध्ने तयारी भएको सिफारिस समितिका सदस्य काँग्रेस सांसद मीन विश्वकर्माले बताए ।

बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको दाबी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस