केयूमा स्नातक तहमा योग शिक्षाको पढाइ सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

केयूमा स्नातक तहमा योग शिक्षाको पढाइ सुरु


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले स्नातक तहको चार वर्षे कोर्समा योगसम्बन्धी पठनपाठन सुरु गरेको छ ।

‘स्कूल अफ आर्ट्स र स्कूल अफ मेडिकल साइन्सेज’ले संयुक्त रुपमा ‘योगिक साइन्स र वेलविइङ’ विषय सुरु गरेको हो ।

उच्च क्षमतायुक्त योग विज्ञ तथा अन्वेषकबाट अध्यापन हुने यो कोर्सको सबै व्यवस्थापन स्कूल अफ आर्टस्ले गरेको विश्वविद्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रियरुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यतासमेत विकसित भइरहेकाले त्यसलाई मध्यनजर गरेर विश्वविद्यालयले यस विषयको पठनपाठन सुरु गरेको जनाएको छ ।

विश्वविद्यालयले योग शिक्षाका माध्यमद्वारा ज्ञान र विज्ञानलाई पूर्वीय र पाश्चात्य दर्शनसँगै संयोजन गर्दै सकारात्मक सोच, नैतिकता, निष्ठा र विश्वमा आत्मीय सौहार्दपूर्ण वातावरण सिर्जना र परिपूर्ति गर्ने उद्देश्य लिएको विश्वविद्यालयले जनाएको छ ।

अध्ययनका क्रममा विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्दै प्रयोगशाला, आरोग्य केन्द्र, आश्रम, गुरुकूल तथा योग संस्थामा प्रयोगात्मक प्रशिक्षण र इन्टर्नशिप तथा अनुसन्धान गर्ने अवसर पाउने विश्वविद्यालयले जनाएको छ ।

अरु विश्वविद्यालयको तुलनामा योगसँग सम्बन्धित व्यापक र गहन विषय समावेश गरी योगलाई अनुसन्धान र प्रविधियुक्त बनाउन लागिएकाले उच्च शिक्षामा गुणस्तरीय जनशक्ति उत्पादनमा सघाउ पुग्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस