दसैँअघि नाका खोलिदिन चिनियाँ नेता लि लाई आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दसैँअघि नाका खोलिदिन चिनियाँ नेता लि लाई आग्रह


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई दुई मुलुकबिचको रसुवागढी र तातोपानी नाका दसैँ अघि नै खुलाउन आग्रह गरेका छन् ।

कोभिड–१९ को कारण देखाउँदै चीनले दुवै नाका बन्द गरेपछि नेपाली व्यापारीहरूको करोडौँ रकमका सामग्रीहरू बाटोमै अलपत्र परेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सोमबार बानेश्वरस्थित संसद् भवनमा भएको द्विपक्षीय प्रतिनिधिमण्डलबिच भेटवार्ताका दौरानमा नाकाहरू छिटो खुलाउनको लागि चिनियाँ पक्षलाई आग्रह गरेको अध्यक्ष तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिए ।

जवाफमा चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आफूले नाकाहरू छिटै खुलाउनको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्ष तिमिल्सिनाले वेल्ट एन्ड रोड इनिसियभिटसँगै बहुपक्षीय सोझदारी र संसदीय साझेदारीमा जोड दिनुपर्ने बताएका थिए ।

अध्यक्ष तिमिल्सिनाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका थिए । उनले कोभिडका कारण चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनाहरूलाई गति दिन आग्रह गरेका थिए । जसको जवाफमा अध्यक्ष लीले आफू चीन फर्केपछि यस विषयमा पहल गर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस