प्रचण्ड र चिनियाँ नेता लीबिच भेटवार्ता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

प्रचण्ड र चिनियाँ नेता लीबिच भेटवार्ता


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुबीच भेटवार्ता भएको छ।

प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल र ली नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्ल पनि सहभागी थिए।

भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ। यसअघि लीले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस