एन आई सी एशिया बैङ्कका ग्राहकले किनमेल गर्दा २५ सयसम्म छुट पाउने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एन आई सी एशिया बैङ्कका ग्राहकले किनमेल गर्दा २५ सयसम्म छुट पाउने


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । एनआईसी एसिया बैङ्कले दसैँको उपलक्ष्यमा दराज ई-कमर्सबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरूप दराजसँग सम्झौता गरेको छ ।

भाद्र २९ देखि आगामी असोज ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैङ्कको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार सम्मको छुट उपलब्ध हुनेछ । त्यसै गरी क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा २ हजार ५ सय सम्मको छुट उपलब्ध हुनेछ ।

चाडपर्वलाई लक्षित गर्दै बैङ्कले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।

बैकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस