स्पेनका पूर्वराजा कार्लोस बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्पेनका पूर्वराजा कार्लोस बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुने


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । स्पेनका पूर्वराजा जुआन कार्लोेसले रानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने भएका छन् ।

जुआन कार्लोस र उनकी श्रीमतीले सेप्टेम्बर १९ मा महारानीको अन्त्येष्टिमा उपस्थित हुने भएका हुन् ।

अभियोजकहरूले स्पेन र स्विट्जरल्याण्डमा ठगीको आरोपहरू खोज्न थालेपछि पूर्वराजा कार्लोसले अगस्ट २०२० मा स्पेन छोडेर अबुधाबीमा बस्न थालेका थिए । अपर्याप्त प्रमाणका कारण अनुसन्धान खारेज गरिएको थियो । जुआन कार्लोसले आफूमाथि लगाइएका आरोपमा टिप्पणी गर्न अस्वीकार गर्दैै आएका छन् ।

महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस