विगतका कमजोरी सच्याउँदै इमानदार भएर काम गर्न नगरप्रहरीलाई बालेनको निर्देशन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

विगतका कमजोरी सच्याउँदै इमानदार भएर काम गर्न नगरप्रहरीलाई बालेनको निर्देशन


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगरप्रहरीलाई विगतका कमजोरीलाई सच्याउँदै इमानदार भएर काम गर्न निर्देशन दिएका छन् । 

आज नगरप्रहरीसँगको अन्तर्क्रिया कार्यक्रममा उनले गलत काम नगर्न निर्देशन दिएका हुन् ।

बालेनले नगर प्रहरीलाई नियमित शारीरिक अभ्यास गराउन पनि सुझाएका छन् । 

केही समय अघि मात्र बालेनले नगरप्रहरी प्रमुख धनपति सापकोटालाई हटाएर एसपी राजुनाथ पाण्डेलाई नगरप्रहरी प्रमुख बनाएका थिए । त्यसपछि बालेन आफैँ अवैध संरचना भत्काउने मैदानमा उत्रिएका थिए । 

बालेनको निर्देशनमा अभियान एसपी पाण्डेको कमान्डमा चलिरहेको छ । 

नगरप्रहरीले सरकारी जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काउने, फुटपाथमा व्यापार निषेध गर्नेलगायतका काम गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस