२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हृदयेश त्रिपाठी नेतृत्वको पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेलको घोषणा

अ+ अ-

काठमाडौँ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच आगामी निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ ।

समझदारीअनुसार नेकपा संयुक्तले जनता प्रगतिशील पार्टीको चुनाव चिह्न लिने तय भएको छ । नेकपा संयुक्तको चुनाव चिन्ह सम्बन्धी विवाद गत ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेका कारणले सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता प्रगतिशील पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिने निर्णय भएको समझदारीपत्रमा उल्लेख छ ।

जनता प्रगतिशील पार्टीको निर्वाचन चिन्ह लिएर प्रदेशसभा सदस्य वा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष वा समानुपातिक उम्मेदवारी दिएर नेकपा संयुक्तका उम्मेदवार विजयी भएमा दुवै दलबाट कुन हवीप नलाग्ने समझदारी पनि भएको छ ।

जनता प्रगतिशील पार्टीले दुवै दलको तर्फबाट उम्मेदवारहरूको औपचारिक मनोनयन पत्र प्रदान गर्ने र दुवै पार्टीको आपसी समझदारीमा समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची तयार गर्ने समझदारी पनि भएको छ । सहमतिपत्रमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र नेकपा संयुक्तका चन्द्रदेव जोशीले हस्ताक्षर गरेका छन् ।