२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा ११० भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण

अ+ अ-

काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई आज जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । 

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नम्बर १३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् । 

मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजारभन्दा बढी भूमिहीनहरूलाई लालपुर्जा वितरण गरिएको छ । जसमा गाउँब्लक, पुनः नापी र विशेष नापीबाट ४९ हजारभन्दा बढी र राष्ट्रिय भूमि आयोग मार्फत करिब एक हजार घर परिवारलाई लालपुर्जा वितरण गरिएको छ । 

मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने बताइन् । 

उनले  नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सबै खालका समस्या समाधान गरिसक्ने बताइन् । उनले यही आर्थिक वर्षभित्र ३०० पालिकाका पाँचलाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने कुरा स्पष्ट रूपमा उल्लेख गरेकाले भूमिहीन सुकुम्वासी र भूमिहीन दलितहरूका लागि सरकारले गरिरहेको लालपुर्जा वितरण कार्य नियमित काम भएकाले आचारसंहिता लाग्ने विषय नभएको उल्लेख गरिन् ।  

मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवन यापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर योजनाबद्ध रूपमा काम गरिरहेको र नतिजा देखिन सुरु भइसकेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस