गृह मन्त्रालयको निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुमोदन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गृह मन्त्रालयको निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुमोदन


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन गरिएको छ । 

आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुमोदन गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

विशेष सुरक्षा योजना अनुमोदन भएसँगै यसलाई आधार मान्दै जिल्ला जिल्लामा सुरक्षा योजना निर्माण हुने उनले बताए ।

बैठकमा सोमबारबाट हुने चिनियाँ जन कङ्ग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वको टोलीको नेपाल भ्रमण त्रुटिरहित ढङ्गले सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएको सहसचिव पोखरेलले बताए ।

बैठकले दार्चुला जिल्लामा भएको विपद्को घटनाको समीक्षा गर्दै बेमौसमी वर्षाका कारण हुनसक्ने क्षतिलाई न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि सुरक्षा निकायलाई निर्देशन दिइएको पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस