महानगरले खाली गर्‍यो कोटेश्वरको भाटभटेनी बे‍समेन्ट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महानगरले खाली गर्‍यो कोटेश्वरको भाटभटेनी बे‍समेन्ट


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ  महानगरपालिकाले कोटेश्वरस्थित भाटभटेनी बेसमेन्ट खाली गरेको छ। 

पार्किङको लागि स्वीकृत लिएर केही ठाउँमा व्यवसाय हुँदै आएकाले ती संरचना हटाइएको काठमाडौँका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए। 

उनका अनुसार पार्किङको केही हिस्सामा तरकारी तथा फलफूल प्याकिङ लगायत अन्य व्यवसाय सञ्चालन हुँदै आएको थियो। 

प्रहरी उपरीक्षक लामिछानेले अन्य प्रयोजन गरेका कारण बेसमेन्ट खाली गरिएको बताए। यस्तै यसपछि तीनकुने एरियामा समेत जाने बताए।

पछिल्लो समय महानगरले अनधिकृत रूपमा बनाइएका संरचनाहरू भत्काउने र नक्साविपरित बनाइएका संरचना हटाउने कामलाई तीव्रता दिँदै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस