कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा प्रधानसेनापतिद्वारा सम्बोधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा प्रधानसेनापतिद्वारा सम्बोधन


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा प्रभुराम शर्माले आज नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गरेका छन् । प्रधानसेनापति शर्माले जङ्गी अड्डामा आज आयोजित एक समारोहबीच सकल दर्जालाई सम्बोधन गरेका हुन् ।

सम्बोधनका दौरान प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरू र प्राप्त उपलब्धिहरूको समीक्षा गरेका थिए । उनले प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आगामी कार्यदिशाका बारेमा सकल दर्जालाई जानकारी गराएका थिए ।

प्रधानसेनापति शर्माले सम्बोधनका दौरान नेपाली सेनाको कफी टेबल बुक र लिडर्स रिडिङ कलेक्सनको विमोचन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस