वडा सदस्यमा पराजित झा प्रदेशसभा सदस्यमा सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वडा सदस्यमा पराजित झा प्रदेशसभा सदस्यमा सिफारिस


२६ भाद्र २०७९, आइतबार


धनुषा । गएको स्थानीय चुनावको परिणाम अनुसार धनुषामा कमजोर देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरुलाई समेत प्रतिनिधि र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा सिफारिस गरेका छन् ।

पछिल्लो स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका-४ मा वडा सदस्य पदमा पराजित दिपक कुमार झालाई (लोसपा)ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेशसभा सदस्यको रुपमा अगाडी सारेका छन्।

उनी गत स्थानीय निर्वाचनमा लोसपाको तर्फबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका थिए। तर नेपाली काँग्रेसका प्रशन कुमार झासँग झण्डै ४ सयको मतान्तरले पराजित भएका थिए। उनले ६०२ मत पाएका थियो भने प्रशन ९ सय ८४ मत ल्याएर सदस्य पदमा निर्वाचित भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस