९४ प्रतिशत लक्षित समूहले खोपको पूर्ण मात्रा लगाए : प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

९४ प्रतिशत लक्षित समूहले खोपको पूर्ण मात्रा लगाए : प्रधानमन्त्री


२५ भाद्र २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप पूर्ण मात्रा ९४ प्रतिशत लक्षित समूहले लगाएको बताएका छन् । कान्तिपुर कन्क्लेभमा प्रमुख अतिथि प्रधानमन्त्री देउवाले ९७ प्रतिशतले कम्तीमा एक डोज लगाउन खोप लगाउन सरकार सफल भएको जानकारी दिए ।

‘मलाई यो जानकारी गराउँदा खुसी लागेको छ, आजको दिनसम्म ९४ प्रतिशत लक्षित जनसंख्यालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन्, ९७ प्रतिशतले एक मात्रामा खोप लगाएका छन्, प्रधानमन्त्री देउवाले भने ।

कन्क्लेभलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड १९ को कारण ठूला र साना, विकसित र विकासोन्मुख सबै देशको संरचनागत जोखिमलाई उजागर गरेको बताए । उनले क्रमिक रुपमा बढ्दै गरेको संकटले विकास अघि बढाउने प्रयासलाई प्रभावित गरेको बताए । तर त्यस्ता अधिकांश संकटहरु नेपालले सिर्जना गरेको बताए ।

‘हाम्रो उच्च प्राथमिकताहरु महामारीलाई सामना गर्ने पुनस्स्थापना गर्न विषयमा प्राथमिकता रहेका छन्,’ देउवाले भने, ‘यसको अर्थ आर्थिक सुधार, समाजिक सुरक्षा प्रणाली र मानिसमा लगानी बढाएका छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस