२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिञ्जा भ्रमणमा

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा गएका छन् ।

कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्रियामा भाग लिका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा गएका हुन् ।

सिञ्जा क्षेत्रमा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित सङ्घ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र त्यसको अध्ययन गर्न त्यसतर्फको भ्रमणमा रहेको मुख्यमन्त्री शाहीले जानकारी दिए । ‘अहिले म हिमा गाउँपालिका हुँदै सिञ्जा गाउँपालिकामा पुगेको छु’, उनले भने, ‘अब कनकासुन्दरीमा रहेको विशेष आर्थिक क्षेत्र खिच्चने अवस्था अवलोकन गर्न जाँदैछु ।’

त्यहाँ पुगेर आवासीय तालिम केन्द्र निर्माणका लागि विस्तृत नापजाप तयार गरेर फर्कने मुख्यमन्त्री शाहीले बताए । खिच्चने भन्ने ठाउँमा राम्रो भएकाले उच्च हिमाली स्टाफ कलेजको अवधारणा अगाडि बढाउँदा रारा जाने पर्यटकको आकर्षण बढ्ने सम्भाव्यता पनि त्यत्तिकै भएकाले त्यसतर्फ पनि ध्यान दिइएको उनले बताए ।

मुख्यमन्त्री शाहीसहितको प्रदेशको टोलीले सिञ्जा सभ्यता, त्यहाँको पुरातात्विक तथा ऐतिहासिक सम्पदा र तिनको पछिल्लो अवस्था बुझ्ने छ । त्यस्तै प्रदेश सरकारअन्तर्गत सञ्चालित पूर्वाधार तथा प्रदेश विशेष कार्यक्रम तथा योजनाको पनि अनुगमन तथा निरीक्षण गरेर शनिबार सुर्खेत फर्कने कार्यतालिका रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस